Skip to main content

ओहम्स नियम _Ohm's law


सन् १८२७ मा जर्मन वैज्ञानिक जर्ज साइमन ओहम्स द्वारा प्रतिपादित यस सिद्धान्तमा Voltage = V, Current = I, Resistance = R (Ω) को आपसी सम्बन्ध को बारेमा व्याख्या गरेका छन् उनले यस सिद्धान्तलाई दुई कथनमा व्याखा गरेका  छन्। 

कथन नं १ : Current र  Voltage को आपसी सम्बन्धको बारेमा

कथन नं २ : Current र  Resistance को आपसी सम्बन्धको बारेमा


कथन नं १ :

यदि कुनै पनि विधुतीय परिपथमा अवरोधको मानलाई स्थिर राख्ने हो भने सो परिपथ लगाइएको भोल्टेज र सो परिपथमा बहने करेन्टको आपसी सम्बन्ध समानुपातिक हुन्छ। 

V = I × R

∴ I ∝ V


कथन नं २ :

यदि कुनै पनि बन्द विधुत् परिपथमा भोल्टज मानलाई स्थिर राख्ने हो  भने सो परिपथमा प्रवाह हुने करेन्ट र सो परिपथामा भएको अवरोधको आपसी सम्बन्ध व्युतक्रमानुपतिक हुन्छ।  अर्थात् : करेन्ट बढ्यो भने सोहि मात्रामा अवरोध घट्छ, करेन्ट घट्यो भने सोहि मात्रामा अवरोध बढ्छ। 

I = V/R

∴ I ∝ 1/R




जहाँ, 

भोल्टेज Voltage): कुनै पनि सुचालक वस्तुमा इलेक्ट्रोनहरु  एक ठाउँबाट अर्को ठाउँसम्म बहनको निमित्त चाहिने आवश्यक  चाप वा प्रेसरलाई भोल्टेज भनिन्छ।

Voltage लाई (V) ले जनाइन्छ।

Voltage को मान / इकाई Volt हो। 

Voltage लाई भोल्ट मिटर ले नापिन्छ । 


करेन्ट (Current): कुनै पनि सुचालक वस्तुमा  बहने स्वतन्त्र इलेक्ट्रोनहरुको बहाव लाई नै करेन्ट भनिन्छ। 

Current लाई (I) ले जनाइन्छ । 

Current को मान/ इकाई Amp हो। 

Current  लाई Ampere  मिटर ले नापिन्छ । 


अवरोध ( Resistance ) : कुनै पनि सुचालक वस्तुमा बहने स्वतन्त्र इलेक्ट्रोनहरुको बहावलाई रोकवट वा  छेकावट  गर्ने गुणलाई नै अवरोध भनिन्छ । 

Resistance लाई R ले जनाइन्छ ।

Resistance को मान/ इकाई Ohm (Ω) हो । 

Resistance लाई Ohms मिटरले नापिन्छ   ।


सामर्थ्य  (Power ) : कुनै पनि विधुतीय परिपथमा जडान गरिएका मेसिन तथा उपकरणहरु ले गर्ने कामको दरलाई नै पावर भनिन्छ। 

Power लाई (P) ले जनाइन्छ। 

Power को मान/ इकाई Watts हो। 

Power लाई Watt मिटर ले नापिन्छ ।





Comments

Popular posts from this blog

Expert SATHI Electrical, CCTV Surveillance and Networking Service in Nepal

  ⚡️ Experts SATHI ⚡️   ELECTRICAL MANAGEMENT & AUTOMATION Your One-Stop Solution for All Electrical & Automation Needs   Call Us Now: 📞 9851418890 DOMESTIC | COMMERCIAL | INDUSTRIAL | IT/CCTV SOLUTIONS 🏡 DOMESTIC 🔌 Switchboard Upgrades 🛠️ New Installations & Renovations ⚠️ Safety Switch Installation 🔧 Service & Repairs 🔄 Rewires 🤖 Automation 🏢 COMMERCIAL ⚡ Power Management & Automation 🕒 24-hour Emergency Repairs 🔧 Routine Maintenance 🚨 RCD/Emergency Light Testing 🏷️ Test & Tag 🏭 INDUSTRIAL 💡 General Wiring ⚙️ 3 Phase Supply Connections ⬆️ Power Upgrades 📊 Power Distribution 🖥️ Switchboards 🛠️ Sen...