सन् १८२७ मा जर्मन वैज्ञानिक जर्ज साइमन ओहम्स द्वारा प्रतिपादित यस सिद्धान्तमा Voltage = V, Current = I, Resistance = R (Ω) को आपसी सम्बन्ध को बारेमा व्याख्या गरेका छन् उनले यस सिद्धान्तलाई दुई कथनमा व्याखा गरेका छन्।
कथन नं १ : Current र Voltage को आपसी सम्बन्धको बारेमा
कथन नं २ : Current र Resistance को आपसी सम्बन्धको बारेमा
कथन नं १ :
यदि कुनै पनि विधुतीय परिपथमा अवरोधको मानलाई स्थिर राख्ने हो भने सो परिपथ लगाइएको भोल्टेज र सो परिपथमा बहने करेन्टको आपसी सम्बन्ध समानुपातिक हुन्छ।
V = I × R
∴ I ∝ V
कथन नं २ :
यदि कुनै पनि बन्द विधुत् परिपथमा भोल्टज मानलाई स्थिर राख्ने हो भने सो परिपथमा प्रवाह हुने करेन्ट र सो परिपथामा भएको अवरोधको आपसी सम्बन्ध व्युतक्रमानुपतिक हुन्छ। अर्थात् : करेन्ट बढ्यो भने सोहि मात्रामा अवरोध घट्छ, करेन्ट घट्यो भने सोहि मात्रामा अवरोध बढ्छ।
I = V/R
∴ I ∝ 1/R
जहाँ,
भोल्टेज Voltage): कुनै पनि सुचालक वस्तुमा इलेक्ट्रोनहरु एक ठाउँबाट अर्को ठाउँसम्म बहनको निमित्त चाहिने आवश्यक चाप वा प्रेसरलाई भोल्टेज भनिन्छ।
Voltage लाई (V) ले जनाइन्छ।
Voltage को मान / इकाई Volt हो।
Voltage लाई भोल्ट मिटर ले नापिन्छ ।
करेन्ट (Current): कुनै पनि सुचालक वस्तुमा बहने स्वतन्त्र इलेक्ट्रोनहरुको बहाव लाई नै करेन्ट भनिन्छ।
Current लाई (I) ले जनाइन्छ ।
Current को मान/ इकाई Amp हो।
Current लाई Ampere मिटर ले नापिन्छ ।
अवरोध ( Resistance ) : कुनै पनि सुचालक वस्तुमा बहने स्वतन्त्र इलेक्ट्रोनहरुको बहावलाई रोकवट वा छेकावट गर्ने गुणलाई नै अवरोध भनिन्छ ।
Resistance लाई R ले जनाइन्छ ।
Resistance को मान/ इकाई Ohm (Ω) हो ।
Resistance लाई Ohms मिटरले नापिन्छ ।
सामर्थ्य (Power ) : कुनै पनि विधुतीय परिपथमा जडान गरिएका मेसिन तथा उपकरणहरु ले गर्ने कामको दरलाई नै पावर भनिन्छ।
Power लाई (P) ले जनाइन्छ।
Power को मान/ इकाई Watts हो।
Power लाई Watt मिटर ले नापिन्छ ।

Comments
Post a Comment